सम्बन्ध तिमीसंग तोडेर आए
खाएका बाचा कसम तोडेर आए
सायद दुनिया यस्तै चाहन्थ्यो
त्यसैले त अर्कै बाटो रोजेर आए
लेखेको पत्र ,अनि फोटो चेतेर आए
संगै हिडेको बाटो मोडेर आए
छुट्नु नै थियो सायद एक दिन, त्यसैले
नाता तिमि संगको तोडेर आए
सम्बन्ध तिमीसंग तोडेर आए
खाएका बाचा कसम तोडेर आए
नाता रगतको नसक्दा तोड्न
त्यसैले त प्रेमको नाता तोडेर आए
लिएका सबै उपहार पोलेर
समाजको डर अनि इज्जतको सबाल उठाई
आशुको पोखरीमा आफै लाई डुबाई
मिठा सबै पलहरु भुलेर आए
टुट्नु नै थियो क्यारे एकदिन
त्यसैले त आज टुटेर आए
सम्बन्द तिमीसंग तोडेर आए
खाएका बाचा कसम तोडेर आए
No comments:
Post a Comment