Monday, July 9, 2012

COPY OF PARVA'S SUCIDE STORY OF NEPALI WOMENS

pukkarazblog: Copy of Parva's sucide:

प्रभाले आत्महत्या गरिन!!
(
ह्रदयस्पर्शि कथा)
......."
आमा त्यो को हो?"छोरि प्रभाकोशँकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई ।हतप्रत रहेकि आमाको अनुहारमा कालो बादल मडारिनथालेको थियो ।के गरौ केसो गरौ भयोआफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन-" चिन्दिनस्,किन चाहियो तलाई? तर आज यस्तो उत्तर मान्ने बालि थिईन प्रभा ,त्यसैले भनिन "नचिनेको मान्छे हाम्रो घरमा किन आएको ?"बिमलाको अनुहारहेर्न लायकको भएको थियो ।उनको मुखाकृत हेर्दा एक किसिमको डर,त्रास फैलिएको अनुभब सजिलै गर्न सकिने भएको थियो ।बिमला चुप लागेर आफनो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन ।प्रभा पनि पछि पछि गइन ,तर ढोका बन्द भैसकेको थियो ।बाथरुम भित्रबाट त्यतिखेर सम्म करिब आधा घण्टा पछि बिमला बाहिर निस्किन ।अझै पनि प्रभा ढोका बाहिर उस्तै अबस्थामा खडा देखेर बिमला छिटोछिटो आफनो कोठातर्फ लागिन ।तर आज प्रभाले ज्यान गएनि नछोड्ने कूराको अठोट लिएकि थिइन कि प्रायः रातमा आउने गरेका नयाँ नयाँ मानिशहरु को हुन 14 बर्ष लागेकि प्रभामा एक किसिमको कौतुहलताले आज बलियो सँग डेरा जमाएको थियो ।उसले क्रोध आबेग सहित फेरि प्रश्न गरिन आज जसरि भएपनि जान्न चाहान्छु, को हुन तिनिहरु? अब सानो छुईन ,मलाईसत्य कुरा भन्नुस् आमा"छोरिको यस्तो ढिपि देखेर बिमलाको निधारमा पसिनाको थोपा देखिन थालेको थियो ।कति झुट कुरा आज सम्म चलिरहेको थियो तर आज त्यस्ता कुराले प्रभा बिश्वस्त नहुने देखेर "चुप लाग ! अलि सानो स्वरमा बोल, भाई बहिनि उठ्लान " भनिन बिमलाले
प्रभा केहि सँयमित भईन उत्तरको प्रतिक्षामा आमाको रातो पिरो अनुहार नियाल्न थालिन
आफूलाई कुनै कैदिलाई झै परिबन्दमा पारेको देखेर बिमला एक्कासि भक्कानिएर रुन थालिन ।भक्कानिदै उनले बेदना पोख्न थालिन- "प्रभा मलाई माफ गरिदेउ, बिबश छु ।मैले तिम्रो बाबुको देहान्त पछि तिमिहरुको लालनपालन,पढाई खर्च धान्न नसक्ने भएकाले देहब्यापार गर्न थालेकि हु। सँग अरु कुनै बिकल्प थिएन छोरि ।प्रभा छाँगाबाट खसे जस्तै भै!थचक्क भुईमा बसिन सुक्क सुक्क गरि रुन थालिन "यस्तो काम गर्नु भन्दा हामिलाई मारि दिनु भएको भए हुन्थ्यो ।नि आमा ,किन यस्तो पेशा अगाल्नु भएको?अब गाउँले ले थाहा पाए भने हामिले कसरि मुख देखाउने ,भनेर बलिन्द्र धारा आशु बगाउन थालिन ।प्रभाको कुरा सुनेरबिमला भाबशुन्य भइन ।कोठामा एक प्रकारको सन्नाया छायो ।बाहिर कुकुर भुकेको आबाज भने पस्टसँगै सुनिरहेको थियो
केहि छिन पछि प्रभा जुरुक्क उठेर कोठातर्फ लागिन ।जादाजादै उनळे हामिलाई नपढाएको भए हुन्थ्यो कमसेकम आज यो दिन आउदैन थियो "बिमलाले प्रभाको कोठाको ढोका ड्याम्म बन्द भएको सुनिन ।सुक्सुकाउदै भारि मन लिएर ओछ्यानमा पल्टिन पुगिन बिमला
बिहानको आठ बजिसको थियो ।बिमलालेसधै झै पनि घरको काम सकाएर आउदा पनि प्रभाको कोठाको ढोका खुलेको थिएन ।बिमलाले ढोका ढकढकक्याउन थालिन "स्कुल जाने बेला भैसक्यो किन उठेकि प्रभा'प्रभा भन्दै ढोकामा हिर्काउन थालिन तर भित्रबाट कुनै प्रतिक्रिया आएपछि जोड जोडले ढोकामा हिर्काउनथालिन बिमलाको मनमा नानाभातिकोराकोले बासँ जमाउन थालेको थियो ।बिमलाको चर्को अत्यासिएको स्वर सुनेर बरिपरिका छिमेकिहरु जम्मा हुन थाले ।सबैले प्रभाले यतिबेर सम्म ढोका नखुलेकोले पक्कै पनि कुनै अनर्थ घटनाको आशँका गरे ।सबैको सल्लाह बमोजिम ढोका फटाए.....
अफ..
रातो सलले आफ्नो घाटिमा पासो लगाई आत्महत्या गरेकि प्रभाको लाश देखेर सबैमा कोलाहल मच्चियो भने बिमला अचेत हुन पुगिन ।सबै मिलेर उनलाई अकै कोठामा लगेर राखे ,केहिले प्रहरिलाई सुचना दिए
केहि बेरमा प्रहरि घटनास्थलमा आईपुगे
प्रभाको कोठाको राम्ररि निरक्षण गरे पश्चात उनिहरुले प्रभाको हस्ताक्षर सहितको पत्र पाप्त गरेजसमा प्रभाले आफ्नो मृत्युको कारण कसैलाई पनि नजाने आफुलाई जिबन देखि बितृण्णा जागि देहत्याग गरेको प्रस्ट पारेको थियो त्यस पछि गाउघरमा प्रभाकले किन आत्महत्या गरिन भन्ने बारेमा अडकलबाजि हुन थालेको थियो कोहि प्रेममा धोका पाएर गरेको हुन सक्ने भन्दै थिए भने कोहि पढाइको चापले आत्महत्यागरेको आशँका गर्दै थिए ।तर कसलाई के थाहा प्रभा आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकि थिईन प्रभाले देहत्याग गरिन ।तर उनले बाबुको मुत्यु आठ बर्षको हुदा घरमा सना नानिको रेखदेख लगायत राम्रो स्कुलमा पढाई छोराछोरिको राम्रो भबिश्य बनाउने महत्वकाक्षि सपना बोकेकि बिमलाले सम्पतिको नाममा एउटा सानो छुप्रो घर बाहेक कुनै आम्दानिको स्रोत नहुदा समाजमा बाच्नलाई भएपनि त्यो पेशा बाध्यताबँश अँगालेको कुरालाई प्रभाले आत्मसाथ
गर्न सकिन भने बिमलाले बिकल्पको रुपमा अरु कुनै पेशा रोजेको भए शायद आज यस्तो दिनको सामाना गर्नु पर्ने थिएन होला आजकाल प्रभाको सना भाई बहिनि स्कुल जादैनन उनि आमासँगै मजदुरि गर्न जान्छन किनकि बिमलालाई डर जो घटना एकचोटि घटिसक्यो त्यो दोबारा नघटोस भन्ने चाहान्छिन ।पाठक मित्र प्रभा मरेर गईन तर यो समाज राष्ट प्रत्येक ब्यत्तिलाई प्रश्न चिन्ह लाएर गएकि छन ।आखिर यसको जिम्मेबार कुन हो?
नोट> कथाको सम्बन्ध कुनै मृत या जिबित ब्यति सँग मेल खाएमा सँयोग मात्र हुनेछ

No comments:

Post a Comment