सायद आमाको मुख हेर्ने दिनमै भएर होला उनै आमाको यादले सताई रहेको छ अनि म नि लागे आज तिनै आमाको याद मा दुइ सब्द कोर्ने प्रयास गर्दै छु ,सुरु पनि गरे अनि आफ्नो मानसपटलमा पुरै घुमेर खोजे अह भेटिन कुनै तेस्तो सब्द जुन प्रयोग गरेर म आफ्नो आमा पर्तीको माया अनि सम्मान देखाउन सकु।अनि ठिक यसै समयमा याद आयो त्यो सब्द हरु जुन अपबाद नामक नेपाली सिनेमा मा प्रयोग भएको थियो ..जुन एस्तो थियो "आमा जब सानोमा म ठेस लागेर लड्थे तपाई अत्तायास मा दौडिदै आउनु हुन्थो अनि मलाई अंगालोमा बेरेर सोध्नु हुन्थो बाबु तिमीलाई केहि त भएन ,अनि म रुन्थे सायद चोटले कम , तपाई को मुहारमा झल्किने असिन मायाको भाव अनि ति सब्द बाट पोखिएका अपार ममता ले आखा यसै पग्लेंथ्ये ,तर आमा आज म चोटै चोटले ग्रसित भएको छु अनि एक्लो पनि छु।"
उजाड उजाड पतझडहरु भन्दियो भने कस्तो हुन्छ होला।सायद तस्बिर बाक्य बिहिन बन्ने छ अनि अनि पर्खाईमा हुने छ प्यारो बसन्त अनि रमाइलो बर्सातको मैले भन्न खोजेको कमेन्टको ।।।।।।
यादहरु को परिबन्द बाट भागेर टाडा जाने प्रयास तर पटक पटक को असफलता पश्चात आफै संग हारेर पुन पुरानै बाटो अनि परिस्थिति मा आइपुगे
हो साथी म तेही पुरानै मान्छे जो रुदा रुदै हासे अनि हास्दा हास्दै रोए ,, अह म तेही पुरानै बाटोमा छु, जहाँ म हिड्दा हिड्दै रोकिए अनि रोकिदा रोकिदै हिडे .......अनि याद हरुको यादमा हराएर ..अनि पुन तेही यात्राको अन्तिम बिन्दु अर्थात् गन्तब्य सम्म पुग्ने नया चुनौतिकका पोकाहरु बोकेर ......
नया यात्रा गन्तब्य सम्मको
सायद उनको त्यो सुन्दर अनुहार अनि मिठो बोलि नै एक कारण थियो जसले मलाई आकर्सित गरेको थियो अनि म लोभिएको थिए उनी पर्ति अनि आज उनि सँग टाडा हुनु पर्दा आखा यसै यसै रसाएका छन् । अनि मन दुखेको अनुभव भएको छ ,सायद यो नै मेरो उनि पर्ति को माया थियो,त्यसैले त आज यो भिडमा पनि एक्लो छु,सबथोक भएर पनि रित्त्यो रित्त्यो छु अनि यो होहोल्ला मा पनि संसार शान्त शान्त पाएको छु अनि यसै आशु बिना नै रोएको छु।अनि हराएको छु यो बिशाल दुनियामा ।।।।।।।।।।।।।।।।।
कुनै हदसम्म आइपुग्दा यो सांसारिक मोहमा फसेका मानिसहरु अझ भनौ ,आफ्नै नजिककाहरु अनि आफ्नै नजिकका साथीभाइ, अनि मित्रहरु ,कति हदसम्म तल गिर्दा रहेछन, अनि कति स्वार्थी हुदा रहेछन भन्ने थाहा पाउन कुनै गारो रहेनछ ,तर आफुले यो थाहा पाईसके पछि को अबस्था भने कल्पना भन्दा निकै बाहिर हुने रहेछ, अनि एउटा नया अनुभवको नया ठेली बन्ने रहेछ,साच्ची नमिठो अनि नराम्रो अनुभब हुने
रहेछ।।।।।।।।।।।।
खोइ के हुदै छ यो दुनियामा अनि,, म आफैमा ,,,म प्रश्न हरुको भिड मा छु अनि उत्तर को खोजीमा हरेक पटक हराउदै छु ,अनि पटक पटक बनेको छु एक अनुत्तरित प्रश्न ,,तर बिना कारण खुसि छु आज खोइ किन किन मज्जाले हास्न मन खोज्दै छ ,,अनि यसै रमाउदै छु अनि हराउदै छु आफ्नै आफनै संसार अनि छुट्टै दुनियामा।।।आज आफ्नै संसारमा।।।।।।।।।।।।।।।।।।।।।।
आछु छु कस्तो जाडो ......फागुन को झरीमा भिजेको कस्तो जाडो भो।।।।।।।आछु छु छु .. बाहिर जाडो कति सारो भित्र मर्छु क्यरे म,,,,मरिन्छ कि क्या हो,,,जाडोले जवानीमै बिचरा म ,,,,,पानीमा भिज्दा जाडो हुने,यस्तै रहेछ जिन्दगी।।।
लाग्छ म एउटै सरिर भित्र कैद दुइ मानिस हु,एक शान्त, सरल अनि कम बोल्ने छु भने अर्को अन्तर्मनमा बिना कारण बिद्रोही छु।।।अचम्म लाग्छ कहिले कही आफैलाई अनुभब गरेर अनि आफ्नै जीवनका पानाहरु पल्टाएर हेर्दा पनि…। ..सायद सबैको जीवनमा खुसि छर्ने म नै हु तर सबै को जीवन मा खुसि छर्दा छर्दै आफ्नै जीवनको खुसि घुमाएको पत्तै पाएनछु।।।। अनि बनाउन पुगेछु आफैलाई बिद्रोही ...
अझ पनि कता कता आफैमा उत्सुकता , कौतुहलता , अनि प्रश्न हरुले सताउदै छ अनि बारम्बार आफैलाई प्रश्न गर्दै छु कि उनको त्यो डा एरि मा क थियो…
आज मन फेरी आत्तियो , मेरो मन कहिलेकाही आत्तिन्छ , सानो कुरामा पनि, म म हो त्यसैले, कोटाये जिन्दगीलाई र सोधे म किन आत्तिन्छु?
ठिकै छ प्रिया, तिम्रो खुसीको लागि जे सुकै गर्न तयार यो पागल प्रेमी को कति परिक्षा लिनु छ लिदा हुन्छ ..कत्ति दिक्क नमानी तिम्ले लिएका हरेक परिक्षा दिने छु मलाई परभाहा छैन नतिजाको स्वीकार गर्न सक्छु जुनै पनि असफलता किनभने म मर्न अनि असफल भएर यात्रालाई बिचमै छोड्ने मा पर्दिन .....अनि तिम्रो खुसीको लागि हजारौ हार भोग्न तयार छु प्रिय।।।
सबैले भन्छन अनि कहिले कही म नि सोच्ने गर्दछु।। आखिर निद्रा मिठो हुन्छ या भोक ..म भन्छु निन्द्रा लाग्दा निन्द्रा ,,अनि भोक लाग्दा भोक मिठो।। तर कुरा आयो निन्द्रा प्यारो कि काम ....अहिले त मलाई निन्द्रा अनि काम दुवै प्यारो समस्या गर्ने के ??? कामको पोकोलाई सिरानी बनाएर म त निन्द्रा संग रमाइलो गर्ने विचार गरे भोलिबादी बने म त।।।।। बास्तबमा कुरा क हो भने आज मलाई काम गर्ने मुड नभएको भन्दा पनि सुत्ने मुड अलिक बढी पक्कै भएको अवस्था हो।।।।
No comments:
Post a Comment