Sunday, September 6, 2015

फेसबुक

फेसबुकको भेट पछि, केहि दिन उ च्याटमा रमाइ च्याटले के पुग्थो र​, ठमेलतिर भेट्न बोलाइ बाक्लै भेट हुन थाल्यो , एक दिन उस्ले घरमा बोलाइ त्रिखायेकि थियि सायद​,अनि प्यास मेट्न बोलाई ॥

Wednesday, May 28, 2014

नाता तोडेर

सम्बन्ध  तिमीसंग तोडेर आए 
खाएका बाचा कसम तोडेर आए 

सायद दुनिया यस्तै चाहन्थ्यो 
त्यसैले त अर्कै बाटो रोजेर आए 

लेखेको पत्र ,अनि फोटो  चेतेर आए 
संगै हिडेको बाटो मोडेर आए

छुट्नु नै थियो सायद एक दिन, त्यसैले  
नाता तिमि संगको तोडेर आए 

सम्बन्ध तिमीसंग तोडेर आए 
खाएका बाचा कसम तोडेर आए 

नाता रगतको नसक्दा तोड्न 
त्यसैले त प्रेमको नाता तोडेर आए

लिएका  सबै उपहार पोलेर 
समाजको डर अनि इज्जतको सबाल उठाई 

आशुको पोखरीमा आफै लाई डुबाई
मिठा सबै पलहरु भुलेर आए 

टुट्नु नै थियो क्यारे एकदिन 
त्यसैले त आज टुटेर  आए 

सम्बन्द तिमीसंग तोडेर आए 
खाएका बाचा कसम तोडेर आए