Saturday, August 25, 2012

मेरो अर्को शब्द सयोजनमा :अनुपमा

अनुपमा 
सपनाकी रानी तिमि ,हजारौमा एक भयौ 
एकान्तमा अनुपमा ,पल पलमा याद आयौ 

कस्तो नसा त्यो नजरमा ,पलमै तान्यौ समिपमा 
कस्तो  जीवन लक्ष्यबिहिन,लक्ष्य तिमि अनुपमा 

बाटो लामो यात्रा मिठो ,साथ तिम्रो भएपछि 
बैसको जोस रोकिएन ,तिमि साथ   भएपछि 

बिहानीमा संगसंगै ,अधेरीमा बेहोसिमा 
आउन खोज्छौ अंगालोमा ,हुन्न भन्छु अनुपमा 

समाजको नजर छ ,इज्जतको नि ख्याल गर 
कति हतार यो बैसमा ,त्यो जुनको धैर्य गर 

बन्द कोठा चिसो मौसम ,बैसको यो सम्बगेमा 
बसौलानी संगसंगै कसिएर ,भरे राति अंगालोमा 


 साटुल नि नसा हाम्रो ,जवानीको  अनुपमा 
आऊ  भन्छौ अंगालोमा ,हुन्न भन्छु अनुपमा 


2 comments: