Monday, July 16, 2012

HALKA FULKA MANN KA KURA SANGAI...........


केटी :- अस्ती मैले ओई भन्दा किन नबोलेको ?
मेरो प्यारो पोई भन्दा किन नबोलेको ?

केटा :- हिजो मैले होई भन्दा किन नबोलेको ?
मेरी प्यारी जोई भन्दा किन नबोलेको ?

केटी :- तिमी पनि के कम छौ सन्किएर हिंड्छौ
खै खाको मोई भन्दा किन नबोलेको ?

केटा :- ठाँस्स-ठूंस्स गरिरहन्छौ जहिले पनि तिमी
कान्छी बूढी खोई भन्दा किन नबोलेको ?

केटी :- एक्लै-एक्लै गर्नु पर्छ तिम्रो स्याहार- सुसार
डिस्को गोई भन्दा किन नबोलेको ?

केटा :- हत्तेरीका ! त्यती साह्रो जगल्ट्याछौ तिम्ले
डाँको छोडी रोई भन्दा किन नबोलेको ?

केटी :- नाना-थरी भनि-रही हदै सम्म सहेँ
उसले पैले छोई भन्दा किन नबोलेको ?

केटा :- तिम्रै दु: धोई दिन्छे भनेर ल्याएँ
जिन्दगी नै धोई भन्दा किन नबोलेको ?

केटी :- अस्ती मैले ओई भन्दा किन नबोलेको ?
मेरो प्यारो पोई भन्दा किन नबोलेको ?
      *****copied*********

No comments:

Post a Comment