Tuesday, August 14, 2012

म एक बोलिएको पागल अनि अचेल का मानिसहरु


यो फोटो आज म आफै संग प्रस्न सोध्दै छ अनि भन्दै छ कि म को हु भनेर ......
यो  सायद मेरो नै तस्बिर हो .आज येही तस्बिर ले मेरो लागि एक पागल उपनाम दिने एक  उपासना बनेको छ .लाग्दै छ म सायद पागल नै हु . ..रोएर नहुने म पटक पटक रुन पुगेछु दुखि भयो यो मन अनि कर्मैले एस्तो परिदेयो .सायद तिम्ले मलाई बुझ्न सकेको भए अनि राम्रो समय हाम्रो साथ मा भएको भए आज सायद आफै आफ्नो सरिर संग डर मानेर बच्नु पर्ने थिएन होला।आज आफै संग हरेको छु रुदै छु एक कुना मा बसेर धिकार्दै छु आफ्नो जीवन लाई .माया को बन्धन जोडेर आफै टाडा भाग्ने हे प्रिय निस्ठुरी आज पनि म तिम्रो पर्खाई मा आफ्नो आशु झारेर बस्दै छु।केवल तिम्रो पर्खाई मा एक पागल प्रेमी बनेर .पाइला मोडिएको अनि लक्ष्य बिर्सेएको जीवन यात्रामा ,छोडिएको यो गोरेटो अनि हरायछु तेई नमिठो अतित को यादमा ,त्यो समयको याद ले तड्पाई रहेछ ,जुन अतित को फूलमा अल्झेएको छु अनि बल्झेएको छु आफ्नै जीवन संग ,थियो तेई फुल कुनै समयमा मसँग तेजिलो अनि सुघंधित अनि पार्दै थियो यात्रा को एक एक पल लाई सम्झन लाएक तेशई ले त मार्दैछ पार्दैछ आज यो स्थितिको श्रीजनासम्म यादहरुको बाढी छ जीवन अन्धकारमा बल्झिएको छ, आकाशमा लागेको जुन आज धर्तिसम्म आउना अलमल गर्दैछ लुक्दै छ कतै बादल भित्र हराउदै छ/


सायद ,तेही फुलको  यादमा ,जुन बिछोदियेको छ अनि ओइलाएको छ ,यात्राको क्रममा  हराएको छ अनि त्यो फुलको सुगुन्ध अनि परेको छ भमरा बिहिन, आज परिभाषित भएको छु मा तेही एकलियिको भमरा को रुपमा ,अनि खोजीमा छु तेही सुघनधित फुल को  खोज्दैछु अर्थ यो जिवनको ,अनि यो जीवनमा तेही फुलको भक्तिएको अनि रोकिएको, अनि छुटेको यात्राको  टुटेको छ गोरेटो रोकिएको छ, बाटो यात्राको अनि बिलाएको छ अर्थ जीवनको,
           
           हो यो तेही जीवन हो जुन म बाच्दै छु अनि सारा मानबरुपी जीव हरु बाच्दै छन् हो आज पनि तेही मानब हो जो पहिले बिना कुनै कपडा बिना नै सुखी थियो  अनि बाचेको थियो  अनि आज तेही मानिस परिबर्तन भएको छ अनि लगाउछ कपडा उसको लाज बचाउन अनि उसको शारीर ढाक्न  तर समय फेरी परिबर्तन भएको छ अनि समय संगै मानिस पनि अचेल एस्ता मानिस देख्दै छु के तिनी हरु कपडा ले मात्र आफ्नो लाज बचाउन नसक्ने भैसकेछन  अनि आफ्नो लाज बचाउन ,अनि पाल्दै छन् दरि रुपी कपाल आफ्नो अनुहारमा अनि छोप्दैछन् आफ्नो लाज अनि कुरूप अस्तिस्तो  त्यो दारी  भित्र  तर  दारी  पाली आफ्नो ईजत जोघिएको सोच्ने मुर्खहरुलाई के त्यो दरि भित्र को कालो अनुहार एक दिन अबस्ये बाहिर आउने छ र चिन्ने छ सारा दुनिया ले उसलाई उ को हो भनेर उ अबस्य बन्ने छ त्यो एक सफा कुवा मा भर्खेर राखिएको भागुता अनि देख्छ अन्य सफा माछा अनि अन्य जन्तु तेही कुवामा  अच्चम्म मान्छ अनि सोच्छ आफै लै राम्रो अनि बिर्संचा आफ्नो औकात क को र उ कहाँ
  हुनु पर्ने भयो  भनेर

     



         
                                  अब हामी एक हुनु छ अनि हटाउनु छ एस्ता दरि भित्र आफ्नो बस्तिब्कता लुकाउने अनि फोहोर ठाउँ बाट आफै आइ सारा कुवा नै फोहोर पार्ने दुस्ट जन्तु हरु लाई अनि निर्माण गर्नु छ एक सफा कुवा को जहाँ सभ्य अनि इजतिला मान्छे को मात्र बास होस् सान्ति होस् अनि सबै ले बराबर अवसर होस् सबै को राम्रो होस् .....................................

                                                                                                                                           राजन कँडेल
                                                                                                                    चापाकोट -3,स्याङ्गजा
                           

    

No comments:

Post a Comment