Sunday, October 14, 2012

दसैं नै हो कि यो मेरो दसा .....

सबैले भने  महसुस गरे साच्ची नेपालमा  दसैं लागेछ सबै जना हातमा झोला बोकेर कलंकी अनि बसपार्क तर्फ आफ्नो पाइला अगाडी बडाउदै छन्  आफु भने खोइ के खोइ के ....अरु को रमाइलो हेरेर रमाउदै छु अनि बस्दै छु येही धुर्गन्दित सहरमा  ......एक्लै एक्लै .....

यो पाली पनि पहिलेको जस्तै हुन्छ जस्तो छ आमा ..
तिमि तेता म यता रुन्छौ जस्तो छ आमा

धेरै वर्ष भै सक्यो तिम्रो हात को टिका नालाको
यो पाली नि टाडा टाडा हुन्छौ जस्तो  छ आमा

घर पनि पोते आमा ,खसी पनि काटे
देवी पनि पुजे आमा ,जमरा नि राखे  

यो साल एस्तै टाडा टाडा ,अर्को साल आउला
रमाइलो  नि गरौला नि,खुसि पनि बडुला


खोइ के  सोचछन्  यी मानिस हरु के दसैं मा अनाबस्येक तडक भडक देखाउना न नै पर्ने हो र खोइ यी मानिस हरु ले बुझेरे कि न बुझी दसैं जस्तो हिन्दु हरु को महान चाड लिया पनि पैसा को चाड बनाए ठिकै छ ये पैसा वाला धनि धनाड्य हरु तिमीहरु त मनौला रे तिम्रो कालो धन ले तर सोच त ति बिचार गरिब जसको घर मा मुस्किल ले साझ बिहान को चुलो बलेको हुन्छ कसरी हुन्छ तिनीहरुको दसैं तिमि हरु को जस्तो ...
 
    म चाहानछु   एक आशिर्बाद को चाड होस् हर्सो उल्लास अनि माया को चाड होस् भाईचारा  बडोस सबैलाई थाह होस् दसैं कस्तो चाड हो भनेर पैसा होइन  आशिर्बाद बड़ोस,दसैं कसैको लागि दसा नबनोस ..सबै मा खुसि छाओस ,,, दुर्गा माता  ले सबै को रक्षा  गरुन ।
धन्यवाद
राजन कंडेल



No comments:

Post a Comment