Friday, November 9, 2012

सायद एस्तै चल्दै छ यो काठमाडौँमा

बाउ  आमालाई  टाडा छोडी म काठमाडौँ मा बसेको छु
पदने  मात्र बहाना हो यसै येहा बसेको छु
पढाई लेखाई गोलि मारी केटि  मैले घुमाको छु
थर्काई थर्काई  बाउ आमा संग पैसा मैले मागेको छु

नपठाए पैसा तिनले मर्ने धम्कि दिएको छु
एक्जाम हुन्छ भोली पल्ट आज फिल्म  हल मा पुगेको छु
बाऊ आमा लाई घात गरि काठमाडौँ मा रमेको छु
याद छैन दुख तिन को मोज  गर्दै बसेको छु
पढाई लेखाई गोलि मारी डिस्को बारमा घुमेको छु

 थानकोट अनि नगरकोट पुग्दै बित्छ  दिनहरु
कहिले राधा कहिले सन्जु  पैसा राख्ने खल्ती हरु
एक्जाम हुन्छ रिजल्ट आउछ तारा लाग्छ मार्कसिटमा
याद हुन्छ अनि बल्ल दिमाग  बल्न थाल्छ
 के  गरु र  कसो  गरु बल्ल दिमाग सोच्न थाल्छ

लुकाउन  तेस्तो तारा घुस मैले दिएको छु
पैसा माग्न बाउ संग अनेक बहाना गरेको छु
पढाई लेखाई गोलि मारी मोज गर्दै घुमेको छु
बाउ आमा को दुख भुली ठगि गर्दै बचेको छु
बाउ आमाको पसिनामा  काठमाडौँ मा बचेको छु

कलेज बंक  साथी भेला फिल्म हेर्न भागेको छु
बहाना छ पिकनिक टुर पैसा  माग्न सजिलो छ
बुक किन्ने पैसा ले म बर्थडे  पार्टी गरेको छु
कलेजको फी नतिरेर gf लाई  गिफ्ट दिएको छु
पढाई लेखाई गोलि मारी केटि घुमाई बसेको छु

 बाउ आमालाई घात गरि काठमाडौँ मा रमेको छु  

No comments:

Post a Comment