Monday, January 13, 2014

चुनौती:: एक अर्को रचना



चुनौती

कसरि हुन्छ तिमीले आफैलाई
म जस्तो बनाएर देखाऊ
मैले जति माया गर्ने आफै
लाई बनाएर देखाऊ
त्याग पनि गर्न सिक,
योबन हल्लिएर केहि हुन्न
योबन बेच्न होइन प्रिय,
 मनको माया चिन्न सिक


बेठेगान जिन्दगीमा गासिएको माया
सक्छौ भने जिन्दगीको गन्तब
 बनाएर  देखाऊ
भाग्छु टाडा म अब
सक्छौ भने तिम्रो सामु
तानेर देखाऊ




एक फन्को दुनिया घुमेर हेर
मैले जति माया गर्ने अरु कोई
बनाएर देखाऊ
चुनौती यो मेरो तिमीलाई
मेरो माया बिना जिबन बिताएर देखाऊ



राम्री सोच्ने आफैलाई तिमि, सुन्दरी तिमि
तिम्रो योबन होइन तिमीलाई माया गर्ने
खोजेर देखाऊ
नसा लिने होइन तिम्रो योबनको
नसा बुझी माया गर्ने कोई
भेट्टाएर देखाऊ







No comments:

Post a Comment